PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको दु:खेसोः राष्ट्रपति ट्रम्पको फोनले झन् दुःखी बनायो



पहिलोपोस्ट

युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको दु:खेसोः राष्ट्रपति ट्रम्पको फोनले झन् दुःखी बनायो
फोटो श्रोत : thesource.com

वासिङ्टन : आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन्। 

यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड। 

मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापक रुपमा आएको छ। राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गरेका बताइएको छ। 

त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुःखेसो उनले पोखेकी छिन्। उनले अमेरिकी सञ्चारमाध्यमलाई पनि यस बारेमा प्रतिक्रिया दिएकी छिन्। 

उनले भनेकी छन्– मेरो श्रीमानले देशको लागि ज्यान गुमाउनु परेको छ। त्यो पीडा त मसँग छँदै नै छ। त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ। 

डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार दुःखेसो गरेकी थिइन्। उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन्। 

डेभिडकी गर्भवती पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो। 

नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सैनिक मारिएका थिए।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell