काठमाडौँ : लक्ष्मी बैंकले आयोजना गर्ने लक्ष्मी बैंक गल्फ प्रतियोगिताको चौथोँ संस्करण यही आउने शनिबार हुने भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गोकर्ण गल्फ क्लबमा खेलाइने जानकारी दिएको हो।
एक दिने प्रतियोगितामा करिब सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ।
३/४ ह्याण्डिक्याप फर्म्याटमा १८ होलमा खेलाइने प्रतियोगितामा विभिन्न विधाका विजेताहरुलाई पुरस्कार प्रदान गरिने आयोजक लक्ष्मी बैंकका सिइओ सुदेश खालिङले जानकारी दिए।
यस्तै सयभन्दा बढी खेलाडी भएको खण्डमा १७ वर्ष मुनीका खेलाडीको जुनियर प्रतियोगिता शुक्रबार गर्ने बारेमा छलफल गर्ने गोकर्ण क्लबका निर्देशक दीपक आचर्यले बताए।
होल इन वान गर्नेलाई ह्युण्डाई कार
प्रतियोगिता १०औँ होलमा होल इन वान गर्ने पहिलो एक खेलाडीलाई ह्युण्डाई आइ-१० म्याग्ना कार प्रदान गरिने आयोजकले जनाएको छ।
नेपालमा हुने विभिन्न खालका गल्फ प्रतियोगिताहरुमा होल इन वन पुरस्कार राखिएपनि अहिलेसम्म आधिकारिक प्रतियोगिता भने कसैले होल इन गर्न सकेका छैनन।