PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

'फिल्म शुरुअघि राष्ट्रिय गान बज्नु पर्ने' नियम संशोधनको माग गर्दै भारतको सर्वोच्च अदालत



पहिलोपोस्ट

'फिल्म शुरुअघि राष्ट्रिय गान बज्नु पर्ने' नियम संशोधनको माग गर्दै भारतको सर्वोच्च अदालत

एक वर्षअघि ३० नोभेम्बर २०१६ बाट भारतका प्रत्येक सिनेमा हलमा फिल्म शुरु हुनु पहिले राष्ट्रिय गान बजाउनु पर्ने नियम लागू गरिएको थियो। सर्वोच्च अदालतले 'राष्ट्रियता र राष्ट्रिय गानको सम्मान हरेक सिनेमा घरले गर्नु पर्ने' भन्दै सो नियमसँगै राष्ट्रिय झण्डाको फोटो पनि पर्दामा देखाउनु पर्ने भनियो। नियम लागू भएपछि सिनेमा हलहरुमा राष्ट्रिय गान बज्दा दर्शक उठेर गीत गाउने गरेको द इन्डियन एक्सप्रेसमा जनाइएको थियो।

तर, नियम लागू भएको वर्ष पूरा नहुँदै सर्वोच्च अदालतले नियम खारेज गर्न निर्देशन दिएको छ। सोमवार अदालतले राष्ट्रियता दर्शाउन हलमा राष्ट्रिय गीत गाउन नपर्ने' भन्दै नियम संशोधनको आदेश दिएको फस्टपोस्टमा जनाइएको छ। न्यायाधिस दीपक मिश्र र अमिताभ रोयको कार्य समितिले लागू गरेको नियम विपरित बोल्दै न्यायाधीस एएम खनविलकर र डिवाइ चन्द्रचुदले 'मनोरञ्जनका लागि हलमा पुगेका दर्शकसँग राष्ट्रप्रेमको प्रमाण खोज्न राष्ट्रिय गीत बजाउनु ठिक होइन' भनेका छन्। दर्शकले आफै राष्ट्रिय गीत गाउनु उठ्नु ठिक भए पनि जबरजस्ती गाउन बाध्य बनाउनु गलत भएको बताए।

नेपालमा पनि फिल्म शुरु हुनुअघि राष्ट्रिय गान बजाउनु पर्ने नियम जारी गरिएको थियो। चलचित्र विकास बोर्डले सन् २०१५ बाट नै नयाँ नीति सार्वजनिक गर्दै प्रदर्शन हुने फिल्मको सुरुवातमा राष्ट्रिय गीत बजाउनु पर्ने भनिएको थियो। तर, यस नियमलाई नेपालका फिल्मी हलहरुले कार्यान्वयन गरेको भने देखिदैँन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell