PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

इपीएलको मुख्य प्रायोजकमा टिभिए मोटर्स, सम्झौता रकम खुलाइएन



पहिलोपोस्ट

इपीएलको मुख्य प्रायोजकमा टिभिए मोटर्स, सम्झौता रकम खुलाइएन

काठमाडौं : इपीएल प्रालिले एभरेस्ट प्रिमियर लिग इपीएलको मुख्य प्रायोजकमा टिभिएस मोटर्स कम्पनीसँग सम्झौता गरेको छ। मंगलबार राजधानीमा इपीएल प्रालि र टिभिएसको नेपाली डिस्ट्रिबुटर जगदम्बा मोटर्स प्रालिबीच सम्झौता भए पनि रकम भने खुलाइएन।

इपीएलका तर्फबाट म्यानेजिङ डिरेक्टर अमिर अख्तर र जगदम्बा मोटर्सका तर्फबाट म्यानेजिङ डिरेक्टर शाहिल अग्रवालले सम्झौता पत्र आदान प्रदान गरे। सम्झौता एक वर्षको लागि हुनेछ।

मुचुअल अण्डरस्ट्यान्डिङमा सम्झौता भएको र रकम खुलाउन नचाहेको अमिर अख्तरले बताए। 'ठ्याक्कै यती रकम भनेर भन्न मिल्दैन। इपीएलको म्यान अफ दी सिरिजलाई टिभिएसको एक थान मोटरसाइकल दिन सहमति भएको छ।' अख्तरले भने।

टिभिएस मोटर कम्पनी, इन्टरनेशनल ब्युजिनेसका सिनियर भाइस प्रेसिडेन्ट आर दिलिपले नेपालमा क्रिकेटको पपुलारिटी बढिरहेको र इपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

यस्तै जगदम्बा मोटर्सका शाहपल अग्रवालले नेपाली क्रिकेटको विकास गर्न र युवा खेलाडीलाई प्रोत्साहन गर्न इपीएलसँग जोडिएको प्रतिक्रिया दिए।

आगामी डिसेम्वर १९ बाट कीर्तिपुरस्थित टीयू ग्राउण्डमा हुने इपीएलमा विभिन्न छ शहरका ६ फ्रेन्चाइज टिमले भाग लिनेछन्। इपीएलको विजेताले नगद २१ लाख पुरस्कार प्राप्त गर्नेछ।

यसअघि नै प्रत्येक टिमको मार्क्यू प्लेअर घोषणा भइसकेको छ भने हिजो सोमबार प्रत्येक टिमले प्लेअर अक्सनमार्फत १०-१० खेलाडी टिममा समावेश गरिसकेका छन्।

डिसेम्बर १९ (पुस ४) गतेबाट हुने इपीएल १२ दिनसम्म चल्नेछ भने कूल १९ खेल हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell