PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

छठका लागि वीरगंजमा सामान किनमेल गर्नेको भीड, फोटोमा हेर्नुस्

छठका लागि वीरगंजमा सामान किनमेल गर्नेको भीड, फोटोमा हेर्नुस्

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज :  मिथिलाञ्चलमा आजदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथोँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ। 

छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले वीरगंजका बजारमा समान किनमेल गर्नेको भीड लागेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell