
काठमाडौं : भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा नेपाली युवा महिला टोलीले लगातार तेस्रो हार बेहोरेको छ।
च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको डिभिजन टू अन्तर्गत ग्रुप ए को अन्तिम खेलमा नेपाल श्रीलंकासंग ६८-४८ ले पराजित भएको हो।
यसअघि नेपाल पहिलो खेलमा आयोजक भारतसंग १०९-३७ तथा दोस्रो खेलमा इरानसंग ८९-३२ ले पारजित भएको थियो।
श्रीलंका विरुद्ध शुरुको दुई क्वाटर २०-४ र २०-१३ ले गुमाएको नेपालले तेस्रो सेटमा पुनारागमन गर्दै १८-१२ ले आफ्नो पक्षमा पारेको थियो। तर चौथो सेटमा १६-१३ ले पछि परेपछि नेपाल ६८-४८ ले पारजित भएको हो।
फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा नेपाली टोलीले प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो।
आगामी शनिबार (अक्टोबर २८) सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १५ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।