PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प



पहिलोपोस्ट

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

जाकार्ताः इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ। 

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले जानकारी दिए। 

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको उनले बताए ।रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell