PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

प्रचण्डले प्रधानमन्त्रीलाई भने -सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य छैन, हाम्रा मन्त्रीले अब सरकार छाडिदिन्छन्



पहिलोपोस्ट

प्रचण्डले प्रधानमन्त्रीलाई भने -सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य छैन, हाम्रा मन्त्रीले अब सरकार छाडिदिन्छन्

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो। 

भेटमा प्रधानमन्त्रीले देउवाले तोकिएको मितिमा नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न आग्रह गरे। 

अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमासमेत कुराकानी भएको थियो। 

अध्यक्ष प्रचण्डले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीले छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो, हामी त्यसमा प्रतिबद्ध छौँ”–अध्यक्ष दाहालले भन्नुभएको कुरा उदृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिए। 

भेटमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell