PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

२४ घन्टामै फेरियो सचिव सरुवाको निर्णय, प्रेमकुमार राई डेढ महिनामा दोस्रो पटक सरुवा



पहिलोपोस्ट

२४ घन्टामै फेरियो सचिव सरुवाको निर्णय, प्रेमकुमार राई डेढ महिनामा दोस्रो पटक सरुवा

काठमाडौँ: सचिव सरुवाको निर्णय एकरातमै फेरिएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको थियो। तर, २४ घन्टा नबित्दै सरुवाको निर्णय हेरफेर भएको हो। महिला बालवालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईको डेढ महिनाको अन्तरमै दुई पटक सरुवा भएको छ।

सोमबार लोकसेवा आयोगमा सरुवा गरिएका इन्द्रप्रसाद उपाध्यायलाई महिला बालबालिका मन्त्रालयमा पठाइएको छ। महिला बालबालिकाका प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगिएको छ। राई पहिले पनि प्रधानमन्त्री कार्यालयमा नै थिए।

लोकसेवा आयोग सचिवबिहीन भएको छ। लोकसेवाको मधुप्रसाद रेग्मीको सरुवा भएको छ।

पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाउन लागेका क्षेत्री प्रशासन कार्यालय हेटौँडाका रेश्मीराज पाण्डेले तत्काल मन्त्रालय नपाउने भएका छन्। सोमबार पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन गरिए पनि उक्त स्थानमा उद्योगका शंकरप्रसाद कोइरालालाई ल्याइएको छ। सूचना आयोगकी सचिव यामकुमारी खतिवडालाई उद्योगमा सरुवा गरिएको छ। सामान्यका मोहनकृष्ण सापकोटालाई सोमबारको बैठकले गृहमा सरुवा गरेको थियो।

सञ्चार मन्त्रालयका महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ। प्रधानमन्त्री कार्यालयका केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालय पठाइएको छ। प्रधानमन्त्री कार्यालयकै रामकुमार आचार्यलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell