PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

उम्मेदवारले आज चुनाव चिह्न पाउँदै, अन्तिम नामावली पनि सार्वजनिक हुने



पहिलोपोस्ट

उम्मेदवारले आज चुनाव चिह्न पाउँदै, अन्तिम नामावली पनि सार्वजनिक हुने

काठमाडौँ: पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारले आज चुनाव चिह्न पाउँदैछन्।
 
निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बुधबार नै दिउँसो १ बजेसम्म दिइएको छ ।

उम्मेदवारी फिर्ता नलिएको अवस्थामा आजै कार्यालय समयभित्र आयोगले उम्मेदवारको चिह्न तय गर्नेछ। 

निर्वाचन निह्न पाएसँगै स्वतन्त्र उम्मेदवारलाई समेत चुनाव प्रचारको बाटो खुल्नेछ। 

आइतबार भएको मनोनयनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ८०३ उम्मेदवार छन्। जसमा नुवाकोटमा प्रदेशसभातर्फ उम्मेदवार रहेका कांग्रेसका रमेश महतबाहेक अन्य उम्मेदवार विरुद्धमा विरोधको सूचना छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell