काठमाडौँ: अक्टोवर क्रान्तिको शतवार्षिकीको अवसरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कक्युनिष्ट पार्टीले आज जनप्रदर्शन गर्दैछ। खुलामञ्चमा दिउँसो १ बजे पार्टीका शीर्ष नेताहरुले कार्यक्रमलाई सम्वोधन गर्नेछन्।
संसदीय निर्वाचनको खारेज, भ्रष्टचारीको सम्पति राष्ट्रियकरण, स्वाधिनताका लागि वैज्ञानिक समाजवाद लगायतका मागसहित कार्यक्रम हुन लागेको हो।
बबरमहल, कुपण्डोल ,कालिमाटी , लैनचौर, बागबजार, भृकुटीमण्डप लगायतका क्षेत्रको र्यालीलाई महासचिव चन्द, तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेताले खुलामञ्चमा सम्वोधन गर्नेछन्।