PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

इएफएल कप : ब्राभोले रोके दुई पेनाल्टी, एडवार्डले गरे आर्सनलको उद्धार, युनाइटेडको जितमा लिनगार्डको २ गोल



पहिलोपोस्ट

इएफएल कप : ब्राभोले रोके दुई पेनाल्टी, एडवार्डले गरे आर्सनलको उद्धार, युनाइटेडको जितमा लिनगार्डको २ गोल

प्रिमयर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी, आर्सनल, लेस्टर सिटी र एएफसी बर्नमाउथ इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यस्तै च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीले नि अन्तिम ८ मा स्थान बनाएको छ।

गोलिकपर क्लाउडियो ब्राभोले २ पेनाल्टी प्रहार रोकेपछि सिटीले पेनाल्टी सुटआउटमा उल्भरह्याम्टन वन्डरसलाई ४-१ ले हरायो। निर्धारित ९० मिनेट र गप थरिएको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। जसमा लिग लिडर सिटिका लागि केभिन डे ब्रुएना, याया टुरे, लरे साने र सर्जियो अगुएरोले गोल गरे। वन्डरसका लागि लियो मोनाटिनीले मात्र गोल गरे भने अलफ्रेड एन डिए र कोनोर कोएडीको प्रहार सिटीका गोलरक्षक ब्राभोले रोके।

नर्मल टाइमम पनि ब्राभोले तीन उत्कृष्ट सेभ गरेका थिए।

यता जेस लिनगार्डको दुई गोल मद्तमा प्रिमियर लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले प्रिमियर लिगकै स्वान्टी सिटीलाई हरायो। युनाइटेडका लागि लिनगार्डले २१ र ५९औँ मिनटमा गोल गरे।

एडवार्ड एनकेतीले २ गोल गरेपछि आर्सनलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै च्याम्पियनसिप क्लब नर्विचलाई २-१ ले हरायो। आर्सनलका लागि १८ वर्षिय एडवार्ड एनकेतीले अतिरिक्त टाइममा निर्णायक गोल गरे। ३४औँ मिनेटमा जोस मर्फीको गोलबाट नर्विचले पहिले अग्रता लिएपनि एडवार्डले खेल सकिन ५ मनेट अगाडी आर्सनलका लागि बराबरी गोल फर्काएका थिए।

यस्तै लेस्टर सिटीले लिड्स युनाइटेड तथा बर्नमाउथले मिडल्सब्राई समान ३-१ ले हरायो। प्रिमियर लिगको अर्को क्लब क्रिस्टल प्यालेस भने च्याम्पियनसिपको ब्रिस्टल सिटीसंग ४-१ ले पराजित भयो।

इएफएल कपको अन्तिम १६ अन्तर्गत चेल्सी र एभरटन तथा टोटनहम हट्सपर र वेस्टहम युनाइटेडबीच खेल आज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell