
स्पानिस ला लिगाका क्लबहरु बार्सिलोना, भ्यालेन्सिया र सेभियाले कोपा डेल रेअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा जित हात पारेका छन्।
बार्साले रियल मुर्सिअलाई ३-० ले हरायो। बार्साका लागि फ्रान्सिस्को अल्कासेर, जेरार्ड डेउलोफेउ र बी टिमका जोस अर्नाएजले गोल गरे। यस सिजन सबै खाले प्रतियोगितामा गरेर बार्सिलोनाले अपराजित यात्रा १३ पूर्याएको छ।
यता अन्तिम ९ मिनेटमा दुई गोल गर्दै भ्यालेनियाले जारागोजालाई २-० ले हरायो। भ्यालेन्सियाका लागि मैदानमा रोड्रिगो र ड्निएल परेजोले गोल गरे।
सेभियाले कार्टागेनालाई ३-० ले नै पराजित गर्यो। सेभियाका लागि पाब्लो सराविया, जाओकुन कोरेअ र लुइस मसरिएलले गोल गरे।
अन्य खेलहरुमा रियल बेटिसले काडिजलाई २-१ ले, अलाभेजले गेटाफेलाई १-० लेहरायो भने ला लिगाकै मालागा सेगुन्डा डिभिजनको नुमान्सियासँग २-१ ले पराजित भयो।