काठमाडौँः अब प्रत्येक प्रदेशको प्रदेशसभामा जनसंख्याका आधारमा छुट्टाछुट्टै समूहको समानुपातिक रुपमा प्रतिनिधित्व हुने भएको छ। संसदबाट प्रदेशसभा सदस्य निर्वाचन पारितकै क्रममा प्रदेशभित्रको समावेशी संरचना सुनिश्चित हुनुपर्ने आवाज उठे पनि कानुनमा समेटिएको थिएन।
तर, निर्वाचन आयोगले प्रत्येक प्रदेशमा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी प्रदेशसभा सदस्य निर्वाचन नियमावली पारित गरेको हो। आयोगले निर्धारण गरेको समानुपातिक प्रतिनिधित्व हुने गरी अब राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आयोगमा पेस गर्नु पर्नेछ।
प्रदेशसभा १
आयोले तोकेको समानुपातिक प्रतिनिधित्वको व्यवस्था अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी प्रतिनिधित्व आदिवासी जनजातिको हुनेछ। सबैभन्दा कम मुस्लिमको हुनेछ।
आदिवासी जनजाति ४६.७९ प्रतिशत
खस आर्य २७.८४ प्रतिशत
थारु ४.१५ प्रतिशत
दलित १०.०६ प्रतिशत
मधेशी ७.५७ प्रतिशत
मुस्लिम ३.५९ प्रतिशत
प्रदेशसभा २
यस्तै, प्रदेश नम्बर २ को प्रदेशसभामा सबैभन्दा बढी प्रतिनिधित्व मधेशीको हुनेछ। मधेशीको ५४ र सबैभन्दा कम खसआर्यको ४ दशमलव ८९ प्रतिशत हुनेछ।
आदिवासी जनजाति ६.६१ प्रतिशत
खस आर्य ४.८९ प्रतिशत
थारु ५.२७ प्रतिशत
दलित १७.२९ प्रतिशत
मधेशी ५४.३६ प्रतिशत
मुस्लिम ११.५८ प्रतिशत
प्रदेशसभा ३
यस्तै, प्रदेश ३ को संसदमा पनि आदिवासी जनजातिकै सबैभन्दा बढी प्रतिनिधित्व रहनेछ। मुस्लिमको प्रतिनिधित्व भने एक प्रतिशतभन्दा कम रहनेछ।
आदिवासी जनजाति ५३.१७ प्रतिशत
खस आर्य ३७.०९ प्रतिशत
थारु १.६६ प्रतिशत
दलित ५.८४ प्रतिशत
मधेशी १.५७ प्रतिशत
मुस्लिम ०.६७ प्रतिशत
प्रदेशसभा ४
प्रदेशसभातर्फ प्रदेश ४ मा पनि आदिवासी जनजातिकै बर्चस्व रहनेछ। प्रदेश ४ मा मधेशी र मुस्लिमको प्रतिनिधित्व एक प्रतिशतभन्दा कम रहनेछ।
आदिवासी जनजाति ४२.३७ प्रतिशत
खस आर्य ३७.२४ प्रतिशत
थारु १.७२ प्रतिशत
दलित १७.४४ प्रतिशत
मधेशी ०.५२ प्रतिशत
मुस्लिम ०.७१ प्रतिशत
प्रदेशसभा ५
प्रदेश नम्बर ५ मा भने खसआर्यको प्रतिनिधित्व बढी हुनेछ। प्रदेश ५ मा सबैभन्दा कम मुस्लिमको प्रतिनिधित्व रहनेछ।
आदिवासी जनजाति १९.५८ प्रतिशत
खस आर्य २८.८४ प्रतिशत
थारु १५.१८ प्रतिशत
दलित १५.११ प्रतिशत
मधेशी १४.३५ प्रतिशत
मुस्लिम ६.९४ प्रतिशत
प्रदेशसभा ६
प्रदेशसभातर्फ प्रदेश नम्बर ६ मा पनि खसआर्यको प्रतिनिधित्व नै बढी हुनेछ। प्रदेश ६ को सभामा मुस्लिम, थारु र मधेशीको प्रतिनिधित्व एक प्रतिशतभन्दा कम हुनेछ।
आदिवासी जनजाति १३.६३ प्रतिशत
खस आर्य ६२.२ प्रतिशत
थारु ०.५ प्रतिशत
दलित २३.२५ प्रतिशत
मधेशी ०.२४ प्रतिशत
मुस्लिम ०.१८ प्रतिशत
प्रदेशसभा ७
प्रदेश ७ को प्रदेशसभामा पनि सबैभन्दा बढी प्रतिनिधित्व खसआर्यकै हुनेछ। समानुपातिक रुपमा खसआर्यको ६० प्रतिशत प्रतिनिधित्व हुँदा मुस्लिमको प्रतिनिधित्व एक प्रतिशतभन्दा कम हुनेछ।
आदिवासी जनजाति ३.६१ प्रतिशत
खस आर्य ६०.०२ प्रतिशत
थारु १७.२१ प्रतिशत
दलित १७.२९ प्रतिशत
मधेशी १.६४ प्रतिशत
मुस्लिम ०.२३ प्रतिशत