PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

इटालियन सिरी ए : नेपोलीलाई पछि पार्दै इन्टर शीर्ष स्थानमा



पहिलोपोस्ट

इटालियन सिरी ए : नेपोलीलाई पछि पार्दै इन्टर शीर्ष स्थानमा

कप्तान माउरो इकार्डीको दुई गोल मद्दतमा साम्पडोरियालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदानमा साम्पडोरियालाई ३-२ ले पराजित गर्दै इन्टरले नेपोलीमाथि १ अंकको अग्रता कायम राखेको हो।

१० खेलबाट इन्टरको २६ अंक भएको छ। एक खेल कम खेलेको नेपोली २५ अंकका साथ दोस्रो स्थानमा झरेको छ। नेपोलीले आजै जेनोओसँग खेल्नेछ र पुन: शीर्ष स्थानमा फर्कने मौका रहनेछ।

सानसिरो स्थित गुसेपे मेज्जा स्टेडियममा मिलन स्क्रिनियरले १८औँ मिनेटमा गोल गर्दै इन्टरलाई पहिले अग्रता दिलाएका थिए। इकार्डीले ३२औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे। ५४औँ मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए।

साम्पडोरियाले त्यसपछि दुई गोल फर्कँएपनपि हार टार्न पर्याप्त भएन। साम्पडोरियाका लागि ६४औँ मिनेटमा डिविड कोवनाकी र ८५औँ मिनेटमा फावियो क्वाग्लिलेराले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell