काठमाडौं: फिल्म निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेद्वार बनेका छन्। धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका हुन्।
मनोनयन दर्ता गरेसँगै उनी चुनावी भेटघाटमा जुटेका छन्।
मधुकुमारले बिन्दास, बिन्दास २ तथा यही भदौ ८ मा रिलिज भएको स्काउट नामक फिल्महरु निर्माण गरेका छन्। निर्माता साथै उनले कलाकारको पनि छवि बनाएका छन्। कलाकारितासँगै उनी राजनीतिमा पनि सक्रिय थिए।
'म सधैं सकारात्मक परिवर्तन र बिकासका लागि क्रियाशिल छु। फिल्म क्षेत्रलाई व्यवसायिक बनाउने उदेश्य राजनीतिमार्फत समाज बिकासको काम अब एकसाथ अघि बढाउँछु' श्रेष्ठले भने।