PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सिरियाली शरणार्थीको भविष्य उनीहरूकै मातृभूमिमा छः राष्ट्रसंघ



पहिलोपोस्ट

सिरियाली शरणार्थीको भविष्य उनीहरूकै मातृभूमिमा छः राष्ट्रसंघ
फोटो श्रोतः .jta.org

बेरुत : सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्। 

लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले शरणार्थीको भविष्य लेवनान नभई उनीहरूकै मातृभूमि भएको बताए।

उनले भने,‘लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक थियो। तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने मुलुक होइन।’

उनले अब शरणार्थीलाई सुरक्षित सिरिया पठाउने आफूहरुको तयारी रहेको र लेवनानमा लामो समय व्यवस्था गर्न सम्भव नभएको बताए।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell