PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

'मिस अर्थ'मा रोजिना श्रेष्ठको १५ औं दिन



पहिलोपोस्ट

'मिस अर्थ'मा रोजिना श्रेष्ठको १५ औं दिन

काठमाडौं : मिस अर्थको १७ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्न गएकी छिन् मिस नेपाल अर्थ रोजिना श्रेष्ठ। अक्टोबर ७ मा प्रतियोगिताको लागि फिलिपिन्स पुगेकी श्रेष्ठले विभिन्न तालिम, प्रशिक्षणमा सहभागी भैरहेकी छिन्।

प्रतियोगिता सुरु भएको १५ औं दिन ८८ देशका सहभागीसँगै रोजिनाले पनि डाइभ, ट्रेक रिसोर्ट एण्ड 'मरिन स्यान्कचुरी'ले आयोजना गरेको कार्यक्रममा सहभागी भइन्। कार्यक्रमा समुद्री जनावर तथा बोट बिरुवा संरक्षण सम्बन्धी विषयमा छलफल हुनुका साथै जानकारी दिइएको मिस अर्थको पेजमा जनाइएको छ।

मिस अर्थ २०१७को थिम 'हिरोइन् फाइटिङ क्लाइमेट चेन्ज' हो। आउँदो ४ नोभेम्बरमा हुने फिनालेमा पूर्वमिस अर्थ क्याथरिन एस्पिनले विजेतालाई ताज पहिराउने छिन्।

हेर्नुस् 'मिस अर्थ' २०१७ को १५ ‍औं दिनको कार्यक्रममा मिस अर्थ रोजिना श्रेष्ठका फोटोहरु:

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell