
यो पटक अस्कर अवार्डमा हलिउड अभिनेत्री एन्जेलिना जोलीको फिल्म पनि विदेशी भाषातर्फको विधामा मनोनित भएको छ। एन्जेलिनाको निर्माण तथा निर्देशन रहेको फिल्म 'फस्ट दे किल्ड माइ फादर' अस्करको विदेशी भाषाको विधाको मनोनित छ। अङ्ग्रेजी, फ्रेन्च र कम्बोडियाली गरी तीन भाषामा डब भएको फिल्म कम्बोडियाली भाषाबाट अस्कर प्रतियोगितामा रहेको छ।
कम्बोडियन लेखक लङ उङ लिखित मेमोयरको कथामा आधारित फिल्म तयार भएको हो। फिल्मको लागि पटकथा एन्जेलिना जोलीले नै लेखेकी थिइन। सन् १९७५ को सेटिङ फिल्ममा देखाइएको छ। जसले ७ वर्षीया बालकको कथा भन्छ। फस्ट दे किल्ड माइ फादर टोरेन्टो र तेलुराइड फिल्म फेस्टिभलमा प्रदर्शन भैसकेको छ।
एन्थोनी डोड म्यानथ्लेले खिचेको फिल्ममा स्रेमोक स्यारियम, कोमफिक फोयुङ, सोचयता वेङ, दारा हेङ र किमहक मुनको अभिनय रहेको छ। अस्कर २०१७ को लागि विदेशी भाषातर्फ नेपाली फिल्म 'सेतो सूर्य' र भारतको लागि 'न्युटन' चयन भएका छन्।
अस्करको यो ९० औं संस्करण हो। अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भयो र सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ।