PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मोरङ कारागारमा महामारीका रुपमा फैलियो झाडापखाला, ३६ विरामी



पहिलोपोस्ट

मोरङ कारागारमा महामारीका रुपमा फैलियो झाडापखाला, ३६ विरामी

विरागनगर : मोरङको विराटनगरस्थित कारागारमा झाडापखाला महामारीका रुपमा फैलिएको छ। सात सय कैदीवन्दी राखिएको कारागारमा ३६ जना बिरामी भइसकेका छन्।

बिरामीमध्ये ५ जनाको कोशी अञ्चल अस्पताल र ४ को नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी कारागारभित्रै उपचाररत छन्।

अस्पतालका इमर्जेन्सी वार्डका इन्चार्ज रघुनन्दन अधिकारीका अनुसार कारागारभित्र बढी भिड भएकाले पखालाको सङ्क्रमण फैलिएको हो। यसबाहेक कतिपयलाई तनावका कारणले पनि पखाला लाग्न सक्छ।

चार दिनदेखि कारागारबाट पखालाका बिरामी आइरहेको इन्चार्ज अधिकारीले बताए। कारागार २ सय ५० जनाका लागि २०४५ सालमा निर्माण गरिएको थियो। हाल कारागारमा ७ सय जना राखिएको छ। सात सय कैदीवन्दीका लागि ९ वटा मात्र शौचालय छन्।

कारागारभित्र सुत्ने ठाउँ नपुगेर राति पालैपालो सुत्नुपर्ने बाध्यता भएको कैदीहरूको गुनासो छ।

इन्चार्ज अधिकारीले केही वन्दीमा श्वासप्रश्वासको पनि समस्या देखिएको उल्लेख गर्दै यसको कारण पनि धेरै भीडबाट उत्पत्र हुने प्रदूषणलगायतका समस्या रहेको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell