PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब अभ्यास खेल खेल्न दुबई जाने



पहिलोपोस्ट

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब अभ्यास खेल खेल्न दुबई जाने

काठमाडौं : पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) दुई अभ्यास खेलका लागि पाँच दिन दुबई टूरमा जाने भएको छ।

क्लबका अनुसार एमसिसी आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म दुबईमा रहनेछ। त्यस क्रममा एमसिसीले त्यहाँका दुई लोकल क्लबसँग फरक फरक भेन्युमा खेल्नेछ।

एमसिसीले पहिलो खेल नोभेम्बर १८ मा दार्जिलिङ क्रिकेट क्लबसँग आइसिसी एकेडेमीमा र दोस्रो खेल नोभेम्बर १९ मा वाइटिसिएसँग एमसिसी अजमानमा खेल्ने कार्यतालिका रहेको छ।

क्रिकेट विकासअन्तर्गत क्लबका खेलाडीलाई विदेशी भूमिमा फरक खालको अनुभव गराउन विदेश भ्रमणमा जान लागेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तै दुबईपछि एमसिसीले अष्ट्रेलिया र इङ्गल्याण्डको टुर गर्ने समेत जनाएको छ।

दीपेश खत्रीको कप्तानीमा दुबई जाने एमसिसीको टोलीमा अभय राना, सोनु तामाङ, सुमन उदय, रविन जोशी, प्रितम दुवाल श्रेष्ठ, सुमन चौलागाई लगायतका खेलाडीहरु रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell