PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

यी हुन् इपीएलका अनसोल्ड-११



पहिलोपोस्ट

यी हुन् इपीएलका अनसोल्ड-११

काठमाडौं : आगामी डिसेम्वरमा हुने एभरेस्ट प्रिमियर लिग इपीएलको अक्सन मंगलबार राजधानीमा सम्पन्न भएको छ।

मार्क्यु खेलाडीबाहेक अक्सनमा आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारीलाई सबैभन्दा धेरै १ लाख ७५ हजारको बोली लगाइयो। योसँगै उनीहरु सबैभन्दा महँगा खेलाडी बने।

६ टिमका ६ मार्क्यु खेलाडीको पारिश्रमिक यसअघि नै आयोजकले २ लाख तोकिसकेको छ। अक्सनबाट भने उनीहरु चार खेलाडी महँगा बने। एक लाख बेस अमाउन्ट रहेका उनीहरुमाथि धेरै टिमले बोली लगाएका थिए।

अक्सनमा समावेश ९० मध्ये ६० खेलाडीमात्र लिलामी भए बाँकी ३० खेलाडीलाई कसैले बोली लगाएनन्, भाउँ दिएनन्। तर, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका टी-२० मा स्पेशियलिस्ट मानिने केही खेलाडी इपीएलमा बिकेनन्। यसले क्रिकेट समर्थक खुशी छैनन् भने स्वयं खेलाडीलाई समेत आफ्नो प्रदर्शनको बारेमा सोच्न बाध्य भएका छन्।

इपीएलमा नबिकेका स्टार नामम राष्ट्रिय टिमबाट ओपनिङ अनिल कुमार मण्डल र महेश क्षेत्रीको नाम सबैभन्दा अगाडि छ। यस्तै राष्ट्रिय टिमबाटै खेलिसकेका परेश लोहनी, सन्जम रेग्मी, राहल कुमार विश्वकर्मा बिकेनन्।

अष्ट्रेलियामा रहेका राष्ट्रिय खेलाडी अमृत भट्टराईलाई पनि कसैले किनेनन्।

यसैगरी टी-२० स्पेशियलिस्टसमते मानिने नेपाल पुलिस टिमका कप्तान मन्जित श्रेष्ठ पनि इपीएलमा नबिकेका ठूला नाम हुन्।

पिएम कप वान डे क्रिकेटमा शतक बनाउने एक मात्र खेलाडी हसिम अन्सारी, अर्का हिटर सुबेन्दु पाण्डेलाई पनि कसैले किनेनन्।

यसबाहेक एज ग्रुपमा राम्रो प्रदर्शन गरेका प्रेम तामाङ, यज्ञमान कुमाल बिकेनन्। यस्तै इर्शाद अहेमद, आदिल खान, नन्दन यादव, दीपेश खत्री पनि बिक्न सकेनन्।


इपीएल अक्सनमा बिक्री नभएका उत्कृष्ट-११ खेलाडी

इपीएल अक्सनमा बिक्री नभएका उत्कृष्ट खेलाडीमा अनिल मण्डल, महेश क्षेत्री, हसिम अन्सारी, सुबेन्दु पाण्डे, मन्जित श्रेष्ठ, दीपेश खत्री, प्रेम तामाङ, इर्शाद अहेमद, राहुल कुमार विक, यज्ञमान कुमाल र नन्दन यादव रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell