PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

रहस्यमय बन्दै ऋचाको आत्महत्या : पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास



पहिलोपोस्ट

रहस्यमय बन्दै ऋचाको आत्महत्या : पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास

काठमाडौं : गत आइतवार दिउँसो मृत अवस्थामा भेटिएको झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँको मृत्युको कारण अझै खुल्न सकेको छैन। तर, उनको रहस्यमयी आत्महत्यामा जोडिएका केही तथ्य भने फेला परेका छन्।

अनुसन्धानमा उनले एक्कासी आत्महत्या नगरेको खुल्न आएको छ। उनले यसअघि पटक पटक आत्महत्या प्रयास गरेकी थिइन्। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले पहिलोपोस्टसँगको कुराकानीमा भने 'उनले यसअघि पनि ‌औषधि सेवन गरेर सुसाइड गर्न खोजेकी रहिछिन्।'

करिब ४ महिनाअगाडि ऋचाले ट्वाइलेटमा प्रयोग हुने विषादी सेवन गरेकी थिइन्। त्यसबेला उनलार्इ परिवारले विर्तामोडको एक अस्पतालमा उपचार गराएका थिए। परिवार तथा उनलाई उपचार गर्ने चिकित्सकले उनले औषधि सेवन गरेको प्रहरी समक्ष स्वीकारेका छन्।

प्रहरीको अनुसन्धानमा उनी भित्री रुपमा नै फ्रस्टेड भएको बुझिएको छ। उनले अन्तिम पटक कोसँग सम्पर्क गरिन र के कुरा भयो पत्ता लगाउन प्रहरी लागि परेको छ।

ऋचाको मोबाइलमा सम्पर्क गरेको फोन डिटेल भने डिलेट गरेको अवस्थामा भेटिएको थियो। डिएसपी राजकुमार सिलवालले उनको कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएको बताए।

ऋचा आफ्नो भविष्य ग्याल्मर क्षेत्रमा बनाउने सोचमा थिन्। उनले केही क्षेत्रीयस्तर सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन।

उनको गत आइतवार दिउँसो करिब ३ बजेदेखि ४ बजेको भित्रमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell