PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

'तान्द्रो'को नयाँ गीत, फिल्मको थिम भिडियोमा



पहिलोपोस्ट

'तान्द्रो'को नयाँ गीत, फिल्मको थिम भिडियोमा

काठमाडौं : फिल्म ‘तान्द्रो’को नयाँ गीत सार्वजनिक भएको छ। ‘अब मलाई बिदा देऊ’ बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज गरिएको हो।

टि सुजिल कर्माचार्यले गीतमा स्वर, शब्द र संगीत दिएका छन्। सत्य घटनामा आधारित फिल्मले जनआन्दोलनको कथा समेटेको छ। सार्वजनिक गीतको भिडियोले फिल्मको सोही थिम प्रस्तुत गर्छ। भिडियोलाई पनि साम्तेन भुटियाले निर्देशन गरेका हुन्।

माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि फिल्म बनेको छ। दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म आउँदो कार्तिक २४ गते प्रदर्शन हुँदैछ। फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवमा भने यसअघि नै सहभागिता जनाइसकेको छ।

साम्तेन भुटिया निर्देशित फिल्ममा अन्य कलाकारको रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ। तान्द्रोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शतिस कुमार गौतम, ब्ल्याक हर्स पिक्चर र सिनेमा आर्टसको संयूक्त लगानीमा निर्माण भएको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell