PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

ज्यान मुद्दामा दोषी ठहर फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

 ज्यान मुद्दामा दोषी ठहर फरार अभियुक्त पक्राउ

काठमाडौं :  ज्यान मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दाङ उरहरीका ४२ वर्षीय कालुराम चौधरीलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत दाङले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २०६९ जेठ १७ गते जन्मकैदको फैसला सुनाएको थियो। चौधरीलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुनधारा पठाइएको छ। चौधरीले दाङ उरहरीका रमेश हमालको २०६६ चैत २६ गते हत्या गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell