PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

युएइमा नेपाली सांस्कृतिक कार्यक्रम हुने



पहिलोपोस्ट

युएइमा नेपाली सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं: यूएइको दुबइमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्रिष्मा इन्टरटेन्मेन्टको आयोजनामा ‘शुभ यात्रा साँझ’ हुने भएको हो।

आउँदो डिसेम्बर २२ मा हुने कार्यक्रममा ५ नेपाली कलाकारले प्रस्तुती दिने आयोजकले बताएका छन्। कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले प्रस्तुती दिने भएका हुन्।

ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेका अनुसार अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना भएको हो। भने,‘मनोरञ्जनसँगै सामाजिक कार्यमा पनि ध्यान दिएका छौं। दर्शकको साथको आशा राखेका छौं।’ मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले दुबइको व्यवस्थापन गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell