
काठमाडौं : एकीकृत राप्रपा राष्ट्रवादीबाट नुवाकोट-२ की उम्मेदवार राज्यलक्ष्मी श्रेष्ठ पाण्डेले कांग्रेस नेता अर्जुननरसिंह केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी छन्।
विगतमा नेपाली कांग्रेसकै राजनीतिक पृष्ठभूमिबाट राप्रपा पुगेकी श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा राप्रपाबाट संविधानसभा प्रवेश गरेकी थिइन्।
२०३७ साल देखि २०४२ सालसम्म कांग्रेसको राजनीतिमा सक्रीय बनेकी श्रेष्ठ राप्रपाको जिल्ला महिला संगठनकी अध्यक्षसमेत बनेकी थिइन्।
श्रेष्ठले देश अफ्ठेरोमा पर्न लागेको र प्रजातन्त्र नै खतरामा परेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस नेता केसीलाई समर्थन गरेकी हुन्।