PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विप्लव भन्छन्- कांग्रेस संग्रहालयमा, एमाले मुटु नभएको, प्रचण्ड नकटो



आकाश क्षेत्री

विप्लव भन्छन्- कांग्रेस संग्रहालयमा, एमाले मुटु नभएको, प्रचण्ड नकटो

काठमाडौँ : अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित सभामा नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन प्रमुख पार्टीहरुलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरे। 

कांग्रेस संग्रहालयमा राख्नुपर्ने पार्टी

विप्लवले कांग्रेसलार्इ संग्रहालयमा राख्नुपर्ने पार्टी भएको बताए। लामो समयदेखि कांग्रेसले जनतालार्इ ठगेर खाएको आरोप लगाउँदै उनले भने, 'कांग्रेसले जतिबेला प्रजातन्त्रको कुरा गर्थ्यो नि, यस्तै केही-केही भिडाएर ध्वस्त पारे। कांग्रेसको लोकतन्त्रको कुरा कसले विश्वास गर्छ? उसलार्इ आफै विश्वास छैन।  लोकतन्त्रका कुरा गर्ने लोकतन्त्र ल्याउँछु भन्ने शेरबहादुरलार्इ पनि विश्वास छैन। कांग्रेस काम नलाग्ने पार्टी भएको छ। यसलार्इ संग्रहालयमा राख्नुपर्ने भैसकेको छ।  

मुटु नभएको एमाले

विप्लवले एमालेलार्इ मुटु नभएको पार्टीको संज्ञा दिए। काम गर्न खोज्ने तर काम गर्न नसक्ने आरोप लगाउँदै उनले भने, 'अलिकति केही गर्न लागेपछि लौरो देखाएपछि थपक्क बस्छ। एमालेको मुटु छैन भन्दा पनि हुन्छ। एमालेभित्र कहिले दलाल हावी हुन्छन्, कहिले तिनीहरुले अलिअलि उभिन खोज्ने मान्छेहरुलार्इ घेरा हालिहाल्छन्। 

नकटो प्रचण्ड

विप्लवले प्रचण्डलार्इ नकटोको संज्ञा दिए। अवसरवादी भएर सरकारमा रहँदै प्रतिपक्षसँग मिल्ने मानिसलार्इ नकटो भन्न सुहाउने उनले बताए। 
'बिना वर्कतको मान्छेलार्इ गाउँमा नकटो भन्छन्'  शब्दलार्इ अर्थ्याउँदै उनले भने, ‘सडकमा हिँड्दा हिँड्दै कुनै राम्रो बैनाले भेट्टाए उतै हिँड्ने र अर्कोले मसँग जाउँ भने यसैसँग जान्छ।'  

'माओवादी केन्द्र र एमाले मिले वाम गठबन्धन गरेर चमत्कार भो भन्दै हिँडेका छन्, मान्छेहरु त्यसैमा आँखा मिच्दै हिँडेका छन्, प्रचण्ड कुनै समय माओवादका प्रवक्ता तर, एमाले माओ विचारधारा पनि भन्नुहुन्न वर्ग संघर्षपनि भन्नै हुन्न भनेर हिँडिसक्यो'  उनले भने।  त्यही एमालेसँग प्रचण्ड अवसरवादी भएर मिल्न गएको आरोप समेत विप्लवले लगाए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell