1.jpg)
काठमाडौं : आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।
अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिम प्रशिक्षकमा सञ्जय अर्याल छन्।
भारत जाने टोलीलाई बुधबारै अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, महासचिव शंकर गौतमलगायतले बिदाइ गरे।