PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

स्पेनका प्रधानमन्त्रीद्वारा धारा १५५ को प्रतिरक्षा



पहिलोपोस्ट

स्पेनका प्रधानमन्त्रीद्वारा धारा १५५ को प्रतिरक्षा
फोटो श्रोतः nytimes.com

म्याड्रिड :  स्पेनका प्रधानमन्त्री मारिआनो रजोइले संविधानको धारा १५५ लागू गर्ने सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्। 

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर धारा १५५ अनुसार क्याटलानिया क्षेत्रमा अस्थायी नियन्त्रण लागू गरेकोमा विरोध भइरहेका बेला उनले आफ्नो निर्णयको प्रतिरक्षा गरेका हुन्। 

गत शनिबार मन्त्रिपरिषद्बाट भएको निर्णयलाई आगामी शुक्रबार संसदले पारित गर्ने अपेक्षा गरिएको छ। संसदमा उनकै पिपल्स पार्टीको पर्याप्त बहुमत रहेको छ। 

क्याटलोनिया क्षेत्र गत अक्टोबर १० देखि स्वतन्त्र भएको हो वा होइन भन्ने बारेमा त्यस क्षेत्रका नेताहरूले स्पष्ट जवाफ नदिएकाले केन्द्रीय मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको प्रधानमन्त्रीले बताएका छन्। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell