PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

इएफएल कप : चेल्सी क्वाटरफइनलमा, दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनहम बाहिरियो



पहिलोपोस्ट

इएफएल कप : चेल्सी क्वाटरफइनलमा, दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनहम बाहिरियो

प्रिमियर लिग क्लब चेल्सी इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। टोटनहम भने दुई गोलको अग्रतलाई कायम राख्न नसक्दा पराजित हुँदै बाहिरिएको हो।

चेल्सीले घरेलु मैदानमा एभरटनलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। लण्डन क्बलका लागि एन्टोनिओ रुएडिगर र विलियाले गोल गरे। एभरटनका लागि कलभर्ट लेविनले खेलको अन्त्यतिर एक गोल फर्काए।

यता पहिलो हाफमा २-० को अग्रता बनाएको टोटनहम दोस्रो हाफमा ३ गोल खाएपछि वेष्टहमसँग ३-२ ले पराजित भएको हो। घरेलु मैदानमा टोटनहमका लागि माउसा सिसोकोले छैटौँ र डेले अलीले ३७औँ मिनेटमा गोल गरेका थिए।

तर त्यसपछि भने टोटनहमले अग्रता जोगाउन सकेन। उता पहिलो हाफमा दुई गोल खाएको वेष्टहमले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै १५ मिनेटको अन्तरमा ३ गोल फर्कायो। ५५औँ र ६०औँ मिनेटमा आन्द्रे आयुले गोल गरेपछि वेष्टहमले खेल २-२ को बराबरी गर्‍यो। ७०औँ मिनेटमा एन्जेलो ओगोनाले गोल गर्दै वेष्टहमलाई ३-२ को अग्रता दिलाउँदा जित समेत दिलाए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell