PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रत्ननगर: पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell