PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

केन्‍यामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, विपक्षी दलद्वारा बहिष्कार



पहिलोपोस्ट

केन्‍यामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, विपक्षी दलद्वारा बहिष्कार

नैरोबी: केन्याका प्रमुख निर्वाचन आयुक्तले निर्धारित तालिका अनुसार नै राष्टपति निर्वाचन हुने भएको छ। निर्धारित समयमै होला कि नहोला भन्ने आशंकाबीच तयारी भइरहेको बहुप्रतिक्षित निर्वाचन निर्धारित समयमै हुने भएको हो।

विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिष्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ।

“२६ अक्टोबरमा निर्धारित समयमै निर्वाचन शुरु हुन्छ। त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,” प्रमुख आयुक्त वाफुला चेबुकातीले भने।

विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै वहिस्कार गरेको बताउँदै आएका छन्। केही दिनअगाडि मात्रै प्रमुख आयुक्त चेबुकातीले निर्वाचन निश्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुन सक्नेमा आशंका गरेका थिए। उनले एक जना निर्वाचन अधिकृतको घर जलेर ध्वस्त भएको पनि बताएका थिए।

केही महिनाअघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरी निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन हुन लागेको हो।

त्यतिबेलाको निर्वाचनमा बर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुन: निर्वाचित भएको घोषणा गरिएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell