PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

इटालिनय सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो, युभेन्ट्स, लाजियो र रोमा विजयी



पहिलोपोस्ट

इटालिनय सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो, युभेन्ट्स, लाजियो र रोमा विजयी

नेपोली पुन: इटालिनय सिरी ए को शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा जेनोअलाई ३-२ ले पराजित गर्दै नेपोली शीर्ष स्थानमा उक्लेको हो।

नेपोलीलाई जित दिलाउन ड्राइस मर्टेन्सले २ गोल गरे भने जेनोअका एर्भिन जुकानोभिकले एक आत्मघाती गोल उपहार दिएका थिए। जेनोअका लागि एदेल तारावात र अर्मान्डो इज्जोले गोल गरे।

सिरी ए कै अन्य खेलमा युभेन्टस, लाजियो, रोमा र एसी मिलान विजयी भएका छन्। युभेन्ट्सले एसपिएल २०१३ लाई ४-१ ले हरायो। ओल्ड लेडीका लागि पाउलो डिबला, फेडेरिको बर्नाडेसी, गोन्जालो हगवेन र जुवान कोर्डोवाले गोल गरे।

यस्तै लाजियोले बोलोग्नालाई २-१ तथा रोमाले क्रोटोनलाई १-० ले हरायो। एसी मिलानले चिएभो भेरोनालाई ४-१ ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell