PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

वीरगंजमा छठको भव्य तयारी, घडिअर्वा र स्वीमिङ पुलमा समेत यस्तो छ रौनक 

वीरगंजमा छठको भव्य तयारी, घडिअर्वा र स्वीमिङ पुलमा समेत यस्तो छ रौनक 

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : छठ पूजाका लागि वीरगंजमा भव्य तयारी भइरहेको छ। पूजाका लागि घडीअर्वा पोखरीमा भव्य तयारी गरिएको छ ।

छठ पूजाको सम्पुर्ण तयारी पूरा भएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष बाल्मीकी साह कानुले जानकारी दिए। छठ घाट सजावटका लागि भारतको कोलकाताबाट कालीगढ ल्याइएको छ।

यस वर्ष घडिअर्वा पोखरी परिसरमा करिब दुई लाख श्रद्धालु भित्र्याउने लक्ष्य छ।सुरक्षाका लागि चारवटा ढोकामा सीसीटिभी जडान गरिएको छ।

पोखरी परिसरमा कम्तीमा चार हजार दौरा (छठको प्रसादी राख्ने बाँसको टोकरी) अट्ने व्रतालुहरुका लागि व्यवस्था मिलाइएको छ। 
वीरगंजको स्वीमिङ पुल, रानीघाट, नगवा, मुर्ली, पिपराका छठ घाटलाई दुलही झै‌ सिंगारिएको छ ।

 


ट्रेन्डिङ पोस्ट

Ncell