PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

रुपन्देहीमा डेंगुरोगको परीक्षण गर्ने किट अभाव, एक सय १२ मा डेंगु भेटियो



चन्द्रकान्त खनाल

रुपन्देही : डेंगुका बिरामी बढ्दै गर्दा जाँच गर्ने किटको अभाव भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले विगत ३ दिनदेखि किटको अभाव भएको बताएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्टोलर अधिकृत केदार साहका अनुसार ३ दिनदेखि किटको अभाव भएको बताए।

सरकारी अस्पतालमा किटको अभावको मौकामा निजी अस्पतालले मनोमानी बिक्री गरेका छन्।। सरकारले नि:शुल्क वितरण गरे पनि बुटबल तथा आसपासमा डेंगु परीक्षण गर्दा नौँ सयदेखि तीन हजारसम्म शुल्क लिएको बताईएको छ।


के गर्दै छ जिल्ला जनस्वास्थ्य कार्यलय

जिल्ला जनस्वास्थ्य कार्यलय  रुपन्देहीमा डेंगुको बिरामी बढेपछि जिल्लाका सबै बिद्यालयमा स्वास्थ्य शिक्षा दिने तयारी गरेको छ। बढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरी तथा नगरपालिकासँग सहकार्य गरेर सरसफार्इ अभियान शुरु गर्ने तयारी  भएको प्रमुख जनस्वास्थ्य प्रशासक केयर सिङ गोदारले बताए। उनले प्रभावित क्षेत्रमा नगरपालिकासँग आग्रह गरी स्थानीय परिचालिकालाई परिचालन गर्ने पनि बताए।


कति जनामा  भेटियो डेंगु

जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार अहिलेसम्म एक सय १२ जनामा डेंगु देखिएको छ। मंसिरसम्म यो रोग फैलिने हुनाले सबैलाई सजग रहन आग्रह गरेको छ।

लुम्बिनी अञ्चल अस्पतालमा सबैभन्दा बढी डेंगुका बिरामी आएको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डा. कृष्ण खनालका अनुसार अहिले उपचार गर्न आएका बिरामीलाई किडको अभाबमा रगत परीक्षणमा समस्या भएको बताए। जिल्ला जनस्वास्थ्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले किडको माग गरेका छन्।


उपचार गर्न कति लाग्छ

स्थानिय अस्पताल सुबिधा सम्पन्न नभएकाले बाहिर जानेको संख्या पनि बढी हुनसक्ने बताइएको छ। तर, अधिकारीक तथ्याङ्क नभए पनि निजीमा चेक गराउने र बाहिर जानेको संख्या बढी हुनसक्ने लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्डस अधिकृत लक्ष्मीराज रेग्मीले बताए। उनले बुटवल बाहिर नारायणगढ काडमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेको बताए तर संख्या भने यकिन नभएको रेग्मीको भनाई छ।


निजी अस्पताल मालमाल

निशुल्क डेंगुको रगत परीक्षण किड सरकारी अस्पतालमा नभएपछि निजी अस्पताल किल्नीकहरुले मनोमानित रगत परीक्षणको शुल्क लिएको पाइएको छ। उनीहरुले एक हजारदेखि तीन हजारसम्म शुल्क लिएको पाइएको स्वास्थ्यकर्मीले बताए छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell