काठमाडौं: अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको रियल लाइफ जोडी एकै फिल्म तथा म्युजिक भिडियोमा देखिएका छन्। यो प्रेम जोडीको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक राजेश लामाको गीत ‘जानी नजानी’ गीतको भिडियोमा पल र आँचलको जोडि पुनः एकसाथ देखिएको हो।
विकास सुवेदीले निर्देशिन गरेको उक्त भिडियोको गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीको संगीत रहेको छ। उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।
मह सञ्चारको निर्माण रहने फिल्म शत्रु गतेमा पनि पल र आँचलको अभिनय रहने निश्चित भएको छ।