PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

वसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

काठमाडौँ : काठमाडौंको वसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

बा३ख ९६९० नम्बरको बस र बा१ज ३८०८ नम्बरको ट्याक्सी आपसमा ठोक्किंदा सिन्धुलीका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो। 

बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोक्किंदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो। महोत्तरीका उद्धव पौडेल र अर्का नाम नखुलेका व्यक्ति घाइते भएका छन्। 

घाइतेको ग्रिन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell