PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

विशेष फिल्म अवार्ड 'घामपानी' र 'कालोपोथी'लाई



पहिलोपोस्ट

विशेष फिल्म अवार्ड 'घामपानी' र 'कालोपोथी'लाई

काठमाडौं: चलचित्र विकास बोर्डले यो वर्षका लागि विशेष चलचित्र अवार्ड फिल्म ‘कालोपोथी’ र ‘घामपानी’लार्इ प्रदान गरेको छ। बुधवार चलचित्र विकास बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष रामचन्द्र ढकालले दुई फिल्मको प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

२०७३ सालमा सेन्सर पास भएर प्रदर्शनमा आएका ३७ फिल्मको मुल्यांकन भएको जानकारी दिइयो। जसमध्ये मापदण्ड बमोजिमको मुल्याङ्कनमा ‘कालोपोथी’ र ‘घामपानी’ विशेष फिल्म सम्मानका लागि उपयुक्त ठहरिएको बताइयो। चलचित्र विकास बोर्डका सदस्य एवं विशेष चलचित्र छनौट समितिका संयोजक उत्तम केसीका अनुसार दुई फिल्मलाई अवार्डसाथै दुई दुई लाख नगद पनि प्रदान गरेको छ।

‘घामपानी’का तर्फबाट अवार्ड लिन पुगेका निर्देशक दीपेन्द्र लामाले पनि फेसबुकमा खुशी व्यक्त गर्दै लेखेका छन्:

सम्मानित दुवै फिल्म सामाजिक कथावस्तुमा आधारित छन्। घामपानीले अन्तरजातिय प्रेम र विवाहले निम्त्याउने सामाजिक एवं पारिवारिक असहजताको कथा भन्छ भने कालोपोथी द्वन्द्वकाल केन्द्रीत परिस्थितीको सामाजिक एवं बाल मनोविज्ञानको कथा भन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell