PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

छठ पर्वको अवसरमा रिलिज 'ऐश्वर्य'लार्इ देला त ज्योतिषको भनार्इले साथ?



पहिलोपोस्ट

छठ पर्वको अवसरमा रिलिज 'ऐश्वर्य'लार्इ देला त ज्योतिषको भनार्इले साथ?

काठमाडौं : नेपाली फिल्मीमा दशैंको बिदा टार्गेट गर्दै छक्कापञ्जा २ र मेरो पैसा खोइ? प्रदर्शन भए। दशैं र तिहारको बीचमा नयाँ फिल्म सार्वजनिक भएन। तिहारको बिदा रिलिजमा भने रानी र रुद्रप्रिया पर्दामा उत्रिए। ठिक एक सातापछि छठ रिलिज भन्दै फिल्म 'ऐश्वर्य' रिलिज भएको छ।

रानी र रुद्रप्रियासँगै कार्तिक २ रिलिज टार्गेट गरेको फिल्म 'ऐश्वर्य'ले व्यवसायिक असर पर्ने भन्दै एक सातापछि सार्वजनिक गरेको हो। रेखा थापा स्टार एवं निर्मित रुद्रप्रिया अहिले पनि सिंगल केही स्क्रिन सो पाइरहेको छ। यस्तोमा ऐश्वर्यले उठाउँला त फाइदा? मल्टिप्लेक्स एवं सिंगल स्क्रिन दुवैमा सो पाएको फिल्मलाई दर्शकले देलान् त साथ?

फिल्ममा रमेश उप्रेतीले निर्माता एवं कलाकार दुवैमा कमब्याक गरेका छन्। लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका उनी फर्किनासाथ फिल्म निर्माण गर्न चाहन्थे। तर ज्योतिष शास्त्रमा विश्वास गर्ने उनले भने,'पहिला अरुको फिल्म एउटा खेलेर मात्र आफू बनाउनु।' ज्योतिषले भनेजस्तै रमेशले ब्रासलेट नामक फिल्ममा अभिनय गरे। फिल्म समीक्षात्मक एवं व्यवसायिक रुपमा फ्लप भयो। 'मेरो दशा ब्रासलेटले उठायो। अब ऐश्वर्य सफल हुन्छ भन्ने विश्वास छ।' उसो त रमेशले ऐश्वर्य सफल नभए फिल्म क्षेत्र छाड्नेसमेत घोषणा गरेका छन्।

प्रचारका लागि ऐश्वर्य युनिटले कुनै माध्यम बाँकी छाडेको छैन्। मोफसल यात्रादेखि मोटर र्‍यालीसम्म, सामाजिक सञ्जालदेखि सहरका भित्तासम्म। फिल्मकी दुई नायिकालाई क्रमैसँग मिडियामा देखाउने टेक्निक लगायत सबै काम भएका छन्। यस्तोमा फिल्मको प्रचार प्रसार त मजाले भएको थियो। अब बाँकी दर्शकको साथ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णुदेवि फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ। छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ। फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell