PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ प्रकाशित हुने



पहिलोपोस्ट

लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ प्रकाशित हुने

काठमाडौं : पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितको जीवनीलाई समेटेर आत्मकथा प्रकाशन हुने भएको छ। नेपालय प्रकाशनले पण्डितको आत्मकथा प्रकाशन गर्न लागेको हो।

पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तरार्इवासीको महान पर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ।

पण्डितले सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्। पहिलोपटक मन्त्री भनेर विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु।’

‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र नेपालयले आम पाठकसामू पुर्‍याउने तयारी गरेको छ। पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell