PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

इन्डोनेसियाको पटाका कारखानामा आगलागी, ३० जनाको मृत्यु, ४६ घाइते



पहिलोपोस्ट

इन्डोनेसियाको पटाका कारखानामा आगलागी, ३० जनाको मृत्यु, ४६ घाइते
फोटो श्रोतः bbc.com

इन्डोनेसिया :  इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ सहरको एक पटाका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। 

सुरक्षा अधिकारी सादुनीका अनुसार घाइतेहरुको तीन वटा अस्पतालमा उपचार भइरहेको छ। मृतकमध्ये प्रायः उत्पादन कक्षमा काम गर्ने मजदूर छन्। पटाका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको अग्नी नियन्त्रकले जनाएका छन्। 

ताङगेराङ सहरका बरिष्ठ प्रहरी आयुक्त हरि कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएको हुनसक्ने बताए। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell