PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ओली र प्रचण्डको चेतावनी : निर्वाचन सार्ने अभिव्यक्ति नदेऊ



पहिलोपोस्ट

ओली र प्रचण्डको चेतावनी : निर्वाचन सार्ने अभिव्यक्ति नदेऊ

काठमाडौं : वाम गठबन्धनले निर्वाचन सार्ने अभिव्यक्ति नदिन अपिल गरेको छ। वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले निर्वाचन सार्ने कुनै पनि अभिव्यक्ति नदिन अपिल गरेका हुन्।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय भई  मनोनयन दर्ता भइसकेको अवस्थामा निर्वाचनको मिति सार्ने संवैधानिक र नैतिक कुनै आधार नभएको बताए।

उनले दलहरुको सहमतिमा निर्वाचन अयोगले दुई थरी मत्रपत्र तय गरेकाले यसमा दुविधा नराख्न आग्रह गरे।

ओलीले कसैले लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य नहुने बताए। मतपत्रका बारेमा सर्वोच्च अदालतमा निवेदन दिने सत्तापक्षका पार्टीका नेता भएकाले आफूहरुलाई त्यसले झस्काएको बताए। उनले खवरदारी गर्न आफूहरुले पत्रकार सम्मेलन गरेको जानकारीसमेत दिए।

माओवादी अध्यक्ष प्रचण्डले मतपत्र दुई थरीकै बनाउन सहमति भएकाले त्यसमा दुविधा नराख्न आग्रह गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell