PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

बार अध्यक्ष केसी भन्छन्–सर्वोच्चको आदेश निर्वाचन आयोगले कार्यान्वयन गर्नुपर्छ



पहिलोपोस्ट

बार अध्यक्ष केसी भन्छन्–सर्वोच्चको आदेश निर्वाचन आयोगले कार्यान्वयन गर्नुपर्छ

काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष शेर बहादुर केसीले सर्वोच्च अदालतले दिएको आदेशलाई निर्वाचन आयोगले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। 

रिपोर्टर्स क्लवको साक्षात्कारमा अध्यक्ष केसीले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि फरक–फरक मतपत्रको माध्यायमबाट निर्वाचन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यबस्थालाई निर्वाचन आयोगले पालना गर्नुपर्ने बताए। केसीले भने,‘म त दुईवटा निर्वाचन फरक समयमा हुनुपर्छ भन्ने मानिस हुँ।’

‘निर्वाचन आयोगले एकैचोटी गर्ने निर्णय गर्यो, अदालतले फरक फरक मतपत्रमा निर्वाचन गराउनुपर्छ भन्ने आशयले हिजो फैसला सुनाएको छ, निर्वाचन आयोगको हालसम्मको कार्यप्रगति विवरण मागेको छ, निर्वाचन आयोगले अदालतको आदेशलाई मान्नुपर्छ।’ केसीले भने।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चको आदेशले दुईवटा मतपत्र छाप्नुपर्छ भनेर आदेश नदिएको जिकिर गरे। 

उनले भने,‘सर्वोच्च अदालतको हिजो आदेश केवल मानहानी सम्बन्धि हो, आजसम्मको प्रगति विवरण मागेको मात्रै हो, निर्वाचन आयोग भोलिदेखि मतपत्र छाप्ने गृहकार्यमा जुटेको छ, यस्तो अवस्थामा निर्वाचन नहोस् भन्नेहरु अदालतको आदेशलाई सिरानीमा हालेर गलत प्रचार गरिहेका छन्, यस्तो गलत प्रचारको निर्वाचन आयोगले डर मान्नुपर्ने कारण छैन।’

निर्वाचन आयोगले छाप्न लागेको मतपत्र दुई प्रकारको रहने दाबी गर्दै भट्टराईले माथि प्रत्यक्ष र तल समानुपातिक गरी एउटैमा दुईवटा काम सम्पन्न हुने बताए ।

उनले भने,‘आयोगले छाप्न लागेको मतपत्र पनि दुईवटा नै हो, माथि प्रत्यक्ष र तल समानुपातिक हुनेछ, यस्तो अवस्थामा किन गलत प्रचार गरेर जनतालाई अन्योलमा पार्न खोजिदैछ? यस्ता गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्दछु।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell