PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

छठको तेस्रो दिन अस्ताउँदो सूर्यलार्इ अर्घ अर्पण गरी मनाइयो



पहिलोपोस्ट

छठको तेस्रो दिन अस्ताउँदो सूर्यलार्इ अर्घ अर्पण गरी मनाइयो

विराटनगर : मोरङका विभिन्न ठाउँहरुमा छठ पर्वका वर्तालुहरुले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरेका छन्।

 

जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्।

 

यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका थिए। विगत १४ वर्षदेखि उनले आफ्नो घरदेखि सिंग्याही खोलाको एक किलोमिटरभन्दा बढीको दूरी यसै विधि अपनाएर पूरा गर्दै आएका छन्।

 

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो। आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।

 

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला,  नहरलगायत विभिन्न जलाशयमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ। हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरुको उपस्थिति रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell