PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेमकिपाले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने



पहिलोपोस्ट

नेमकिपाले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताएका छन्। 

नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताएका हुन्। 

‘थ्रेस होल्ड’को आलोचना गर्दै उनले यसको नेमिकपाले प्रतिरोध गर्ने बताए। जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै उनले भने, “नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ ।” रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell