PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

हिउँदको विद्युत् माग पूरा गर्न टनकपुरबाट थप पाँच मेगावाट विद्युत् ल्याइने, प्राधिकरण र पिटिसिबीच सम्झौतामा हस्ताक्षर



पहिलोपोस्ट

हिउँदको विद्युत् माग पूरा गर्न टनकपुरबाट थप पाँच मेगावाट विद्युत् ल्याइने, प्राधिकरण र पिटिसिबीच सम्झौतामा हस्ताक्षर

काठमाडौँः नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ। 

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो। यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो। 

विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरे। 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ। यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ । 

सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३.४४ मा विद्युत् खरिद गर्नेछ । टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ । 

यस्तै टनकपुरमा नै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । 

टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell