PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

विश्व पावरलिफ्टिङमा नेपालका बाबु छोराले जिते ऐतिहासिक पदक



पहिलोपोस्ट

विश्व पावरलिफ्टिङमा नेपालका बाबु छोराले जिते ऐतिहासिक पदक

काठमाडौं : भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको। प्रतियोगितामा सहभागी भएका नेपालका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनकासाथ पदक हात पार्दै इतिहास रचेका हुन्।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब जुनियर (१९ बर्ष मुनि) कास्य पदक प्राप्त गर्न सफल भएको ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन्।

यस अघि २०१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए। पावरलिफ्टिङमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहदै आएको छ।

२०१४ मा दिल्लीमै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए। यस्तै २०१५ मा केरेलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक हात पार्न सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell