
दुई पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड कोपा डेल रे को खेलमा विजयी भएको छ। फिफा वेस्ट घोषित प्रशिक्षक जिनेदिन जिदानले फिफा वेस्ट प्लेअर रोनाल्डो सहित पहिलो रोजाईका खेलाडीलाई आराम दिएको खेलमा रियलले जित हासिल गर्न पेनाल्टीको सहारा लिनुपरेको हो।
अन्ता ३२ अन्तर्गत गएराती भएको खेलमा रियलले फुएनलाब्राडालाई २-० ले हराएको हो। दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेल अन्त्य गरेका थिए।
रियलको जितमा मार्को असेनसिओले ६३औँ तथा लुकास भजक्वेजले ८०औँ मिनेटमा पेनाल्टीबाट गोल गरे।
फुएनलाब्राडाका पाको कान्डेला ८०औँ मिनेटमै दोहोरो पहेँको कार्ड खादैँ मैदान बाहिरिए भने रियलका जेसस भालेजोले ८९औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए।
कोपा डेल रेअन्तर्गत अन्तिम ३२ कै अन्य खेलमा लसपलमसले डेपोर्टिभा ला कुरानालाई ४-१ तथा लेभान्टेले गिरोनालाई २-० ले हराएको छ।