
बैंकक: गत वर्ष निधन भएका थाईल्याण्डका नरेशको बिहीबार अन्त्योष्टि गरिएको छ। सात दशकसम्म गद्दीमा रहेका नरेश भुमिबोलको गत वर्ष अक्टोबरमा ८८ वर्षका उमेरमा निधन भएको थियो। अन्त्येष्टि समारोहमा लाखौँ जनता सहभागी भएर स्वर्गीय नरेश भुमिबोल अदुल्यादेजप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
दाहसंस्कार स्थलतर्फ लैजाँदै गर्दा हजारौँ थाई नागरिकहरुले सडकहरुको दुवैपट्टीबाट दिवंगत नरेशप्रति श्रद्धान्जली दिएका थिए।
शाही संस्कारअनुसार उनको दाहसंस्कार गरिएको थाई सञ्चारमाध्यमले जनाएका छन्। शवयात्रा गर्नुअघि शाही दरबारमा श्रृंखलाबद्ध रुपमा शाही संस्कार अनुसारका विभिन्न धार्मिक संस्कारहरु गरिएको थियो।
स्व राजा भुमिबोललाई आधुनिक थाइल्याण्डका निर्माता पनि मानिने भएकाले उनीप्रति जनताको उच्च सम्मान रहेको थियो। रासस/सिन्ह्वा